सोमवार, कार्तिक २४, २०८३ | Monday 9th November 2026

वर्षाले कर्णालीमा रोपाइँको सुरसार

  • प्रकाशित मिति : आइतवार, असार ८, २०७६



  • सुर्खेत । ब्याड राख्ने र रोपाइँ गर्ने प्रतिक्षामा रहेका किसान वर्षात् हुँदा खुशी भएका छन् ।

    लामो खडेरीका कारण रोपाइँको सुरसार गर्न नपाएका कर्णालीका किसान गएरातिदेखि निरन्तर वर्षा हुँदा खेतबारीमा ब्यस्त हुन थालेका छन् ।

    गत वर्ष यतिबेला कर्णालीका अधिकांश किसानले रोपाइँ सकिसकेका थिए । यस वर्ष पानी नपर्दा सिँचाइ सुविधा नभएका क्षेत्रका किसानले अझै पनि धानको ब्याडसमेत राख्न पाएका छैनन् ।

    आकाशे पानीको भर परेका सुर्खेतका किसान रोपाइँका लागि ब्याड राख्ने तयारीमा जुटेका छन् । सुर्खेत कर्णाली प्रदेशमै बढी धान उत्पादन हुने जिल्ला हो । यहाँ ५४ हजार १५२ मेट्रिकटन धान उत्पादन हुने तथ्याङ्क छ ।

    कर्णालीमा सबैभन्दा बढी जुम्लामा ९० प्रतिशत रोपाइँ सकिएको छ । हिमाली क्षेत्र भएकाले जुम्लामा चैतबाटै धान रोप्न शुरु हुन्छ । अन्य जिल्लामा रोपाइँ अझै शुरु हुनसकेको छैन । कृषि निर्देशनालयका अनुसार सिँचाइ सुविधा नभएका क्षेत्रका किसानले बीउ राख्न पाएका छैनन् । खोलाका आसपास र सिचाइँ हुने जमीनमा मात्र रोपाइँ सम्पन्न भएका हुन् ।

    कृषि निर्देशनालय सुर्खेतका प्रशासन प्रमुख टेकबहादुर शाहीले केही उच्च पहाडी जिल्लाको तुलनामा सुर्खेतमा ढिला गरी वर्षा शुरु भएको बताए । “आकाशे पानीको भर पर्ने किसानले अब ब्याड राख्न शुरु गर्दैछन्”, उनले भने, “गत वर्ष जेठ दोस्रो साता नै खेत जोतिसकेका थिए, यही समयमा ५० प्रतिशत रोपाइँ भइसकेको थियो ।” यस वर्ष ढिला रोपाइँ शुरु हुँदा उत्पादनमा ह्रास आउन सक्ने उनको अनुमान छ ।

    कर्णाली प्रदेशमा सिँचाइयोग्य ६८ हजार ३३५ हेक्टरमध्ये २६ प्रतिशत मात्र खेतीयोग्य जमीन छ । खडेरीका कारण कर्णालीका सात प्रतिशत किसानले मात्र बीउ राख्न पाएको निर्देशनालयले जनाएको छ ।

    रासस

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij