आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

गाडीको ठक्करबाट एक वृद्धको मृत्यु

  • प्रकाशित मिति : सोमवार, असार ९, २०७६



  • महोत्तरी। महोत्तरीको औरहीमा सोमबार बिहान भएको सडक दुर्घटनामा परी एक वृद्धको मृत्यु भएको छ। एकाबिहानै सम्सी गौशाला सडकखण्डअन्तर्गत औरही नगरपालिका–४ बैरिया भन्ने स्थानमा सडक दुर्घटनामा परी स्थानीय ७६ वर्षीय गनौर रायको मृत्यु भएको हो।

    गाडीको ठक्करबाट निजको मृत्यु भए तापनि गाडीको पहिचान खुल्न नसकेको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ। टाउकोमा गम्भीररुपमा चोट लागेकाले रायको घटनास्थलमै मृत्यु भएको प्रहरी निरीक्षक किशोर अचार्यले बताए।

    शव परीक्षणको लागि जलेश्वर पठाउने तयारी भइरहेको छ भने घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक अचार्यले जानकारी दिए।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij