आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

गल्बन्दी विवादः प्रकाश सपूत र शम्भु राईबीच मेलमिलाप गराउन लोक दोहोरी प्रतिष्ठान सक्रिय

  • प्रकाशित मिति : मङ्लबार, असार १०, २०७६



  • काठमाडौं । गायक प्रकाश सपूतको गलबन्दी बोलको गीत र शम्भु राईको देउसी भैलो गीतको लय मिलेको भन्दै उत्पन्न विवाद प्रतिलिपी अधिकार रजिष्ट्रार कार्यालयमा पुगे पनि दुबै सर्जकबीच मेलमिलाप गराउन राष्ट्रिय लोक तथा दोहोरी गीत प्रष्ठिानले पहल भइरहेको जनाएको छ ।

    प्रष्ठिानका अध्यक्ष बद्री पँगेनी र महासचिब सुवास केसीले सँयुक्त हस्ताक्षर गरी सोमबार विज्ञप्ति जारी गर्दै गल्बन्दीको विवादमा मेलमिलाप गराउने अन्तिम तयारी भएको जानकारी दिएका छन् ।

    प्रष्ठिानले यो विषयलाई लिएर सामाजिक सञ्जालमा भइरहेका जातीय टिप्पणीप्रति आपत्ति जनाएको छ । कलाकार कुनै जात, धर्म, राजनीतिक दल र भूगोलको नहुने भन्दै जातीय टिप्पणी हुनु राम्रो नभएको प्रष्ठिानले जनाएको छ ।

    प्रष्ठिानले प्रचलित कानुनअनुसार निर्णय गर्ने अधिकारी सक्रिय भएको भन्दै सामाजिक सञ्जालमा कसैमाथि सामाजिक सद्भाव खल्बल्याउने गरि टिप्पणी हुनु दुःखद् भएको जनाएको छ ।

    गल्बन्दी बोलको भाका र देउसी भैलोको भाका मिलेको भन्दै गायक शम्भु राईले प्रकाश सपूतविरुद्ध प्रतिलिपी अधिकारअनुसार मुद्दा हालेका छन्।

    यही विषयलाई लिएर प्रकाश सपूतमाथि जातीय आधारमा टिप्पणी भएको थियो । सामाजिक सञ्जालमा जातीय आधारमा टिप्पणी भएपछि सोमबारको प्रतिनिधिसभा बैठकमा काँग्रेस सांसद मीन विश्वकर्माले यो विषय उठाएका थिए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij