प्रकाशित मिति : बुधबार, असार ११, २०७६
सल्यान । तीन दिनदेखि सल्यानको कुपिण्डे तालमा डुबेर बेपत्ता भएका एक व्यक्तिको खोजी कार्य जारी छ । उनी अहिलेसम्म फेला परेका छैनन् ।
सल्यानको कुपिण्डे नगरपालिका ८ का ३६ वर्षीय गोकुल बुढा सोमबार साँझ पौडी खेल्ने क्रममा तालमा डुबेर बेपत्ता भएको र खोजीकार्य जारी रहेको प्रहरीले जनाएको छ ।
कुपिण्डे ताल ३३ मिटर गहिरो छ । उक्त तालमा पछिल्लो समय व्यवसायिक रुपमा डुँगा सञ्चालन हुन थालेको भएपनि पौडी खेल्नका लागि भने निकै जोखिमपूर्ण मानिन्छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij