सोमवार, कार्तिक २४, २०८३ | Monday 9th November 2026

रोकिराखेको गाडीलाई प्रहरीको ट्रकको ठक्कर, सात प्रहरी घाइते

  • प्रकाशित मिति : बुधबार, असार ११, २०७६



  • काभ्रे, असार ११ । नेपाल प्रहरीको एक ट्रक बुधबार पनौती नगरपालिका–५, बाँसघारीमा दुर्घटना हुँदा सातजना प्रहरी घाइते भएका छन् ।

    प्रहरीको ना१ग ४८४ नम्बरको ट्रकले रोकिराखेको बा१३च ५०७५ नम्बरको बोलेरो गाडीलाई ठक्कर दिएको स्थानीयहरुले बताएका छन् ।

    संघीय प्रहरी इकाइ कार्यालय वाग्मतीको गाडी काभ्रेको मन्डनदेउपुर नगरपालिकास्थित खड्गे भन्ने स्थानमा जाँदैगर्दा दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

    दुर्घटनामा परेको प्रहरीको ट्रकमा २१ प्रहरी सवार थिए । त्यसमध्ये सातजना प्रहरी घाइते भएका हुन् ।

    घाइतेमध्ये प्रहरी हवल्दार बलराम तामाङको टाउकोमा गम्भीर चोट लागेको छ । उनलाई थप उपचारका लागि प्रहरी अस्पताल महाराजगन्ज, काठमाडौं ‘रिफर’ गरिएको ट्राफिक कार्यालय काभ्रेका प्रहरी सहायक निरीक्षक भीमसेनविक्रम थापाले जानकारी दिए ।

    अरु घाइते प्रहरीको धुलिखेल र बनेपाका अस्पतालहरुमा उपचार भइरहेको उनले बताए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij