सोमवार, कार्तिक २४, २०८३ | Monday 9th November 2026

गाँठेकीराले कोदोबाली नष्ट, पुनः बीउ छर्कँदै किसान

  • प्रकाशित मिति : बिहिबार, असार १२, २०७६



  • हुम्ला । जिल्लाको दक्षिणी क्षेत्रमा रहेको सर्केगाड गाउँपालिका–३ मा गाँठेकीरा रोगले कोदोबाली नष्ट गरेको छ ।

    वडा नं ३ मा रहेको गुसालेकमा गत चैतमा लगाएको कोदोबाली रोगले नष्ट गर्दा स्थानीयवासी चिन्तित छन् । गत चैतमा कृषकले खेतबारीमा छर्केको कोदोबाली कात्तिकमा उत्पादन हुने भए पनि गाँठेकीराले बाली नष्ट गर्दा त्यहाँका कृषकलाई समस्या बनाएको छ ।

    पहाडी क्षेत्रमा उत्पादन हुने कोदोबालीमा रोग फैलिँदा उम्रिदै गरेको बाली गाँठेकीराले नष्ट गरेपछि कृषकले बारीमा कोदो फेरि छर्केका छन् । रोगको प्रकोपका कारण त्यहाँका किसानले कीटनाशक औषधि प्रयोगका लागि कृषि ज्ञान केन्द्र हुम्लामा जानकारी गराए पनि कुनै सुनुवाइ नभएको कृषक जीवन फडेराले जानकारी दिए ।

    गाँठेकीराले कोदोबाली नष्ट गरेपछि पुनः उत्पादन गर्न खेतमा कोदो छर्कँदा कहिले उम्रेर कहिले फल लाग्ने भन्नेमा कृषक चिन्तामा परेका छन् । कोदो राम्रोसँग सर्न नपाउँदै पानी पर्न बन्द भएकाले पनि बारीमा कोदोको बोटमा रोग लागेको हुनसक्ने कृषकले बताउँदै आएका छन् ।

    शुरुदेखि नै कोदोमा गाँठेकीरा, ग्वारोकीरा र खुम्लेकीराले सताउनुका साथै गोड्ने समयदेखि कोदोमा ढुसी, जरा कुहिने र फट्याङ्ग्राको प्रकोप अत्यधिक रहेको कृषकको भनाइ छ । आधुनिक खेती प्रणालीमा जान नसक्दा र व्यावसायिक खेती गर्न नसकेर कृषकले परम्परागत खेती गर्दा यस्तो समस्या निम्तिएको हो ।

    कोदोबालीमा रोग लागेर नष्ट भएपछि त्यहाँका किसान भने कात्तिकमा के खाने भन्नेमा चिन्तित देखिएका छन् । छ महीनाको खेतीपाती छ महीनासम्म पुर्‍याउनुपर्ने जिल्लाका कृषकलाई यो वर्षको रोगले समस्या हुने भएको छ । यस्तै जिल्लाको सिमकोट गाउँपालिका–२ मा पनि कात्तिकमा उत्पादन हुने कोदोमा रोग देखापरेको किसानले बताएका छन् ।

    रासस

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij