प्रकाशित मिति : शनिबार, असार १४, २०७६
काठमाडौं । मोरङ्गको सुनवर्षि नगरपालीका ९ मुस्लीम टोलमा निर्माणधिन सेफ्टी टेंकी सफा गर्ने क्रममा चार मजदुरको मृत्यु भएको छ । अन्य एक जना गम्भीर घाईते भएका छन् ।
मर्कस मस्जिदको कम्पाउन्डमा निर्माणाधीन शौचालयको हजमा रहेको काठको सेटिङ्ग खोल्न हज भित्र पसेका मोरङको सुनवर्षी नगरपालिका–९ का ४५ वर्षीय कपिल आलम, २० वर्षीय मो। फिरोज, १९ वर्षीय सहनवाद र २२ वर्षीय मो।ओसिब आलमको मृत्यु भएको हो ।
घाइते अवस्थामा फेला परेका चारै जनालाई उपचारका लागि विराटनगरस्थित गोल्डेन अस्पताल पुर्याएका थिए।
उपचारकै क्रममा ६ बजे उनीहरुको मृत्यु भएका ईलाका प्रहरी कार्यालय रङगेलीले जनाएको छ।
उनीहरुको उद्धारका क्रममा ३ जना कामदार सामान्य घाइते भएका छन्।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij