सोमवार, कार्तिक २४, २०८३ | Monday 9th November 2026

बुद्धचित्तको ८ बोरा मालासहित तीनजना पक्राउ

  • प्रकाशित मिति : आइतवार, असार १५, २०७६



  • भक्तपुर । प्रहरीले करोडौँ मूल्य पर्ने ८ बोरा बुद्धचित्तको मालासहित तीजनालाई भक्तपुरबाट पक्राउ गरेको छ। सूर्यविनायक नगरपालिका–८ जगातीबाट हरियो दाना भएको बुद्धचित्तको माला ८ बोरा, सुकेको दाना ३ केजी र एक लाख ११ हजार रुपैयाँसहित स्वयम्भू बस्ने काभ्रे भुभ्लु गाउँपालिका–१० घर भएकी ५५ वर्षीया मञ्जु लामासहित तीनजनालाई प्रहरीले पक्राउ गरेको हो ।

    महानगरीय प्रहरी वृत्त जगातीबाट खटिएको प्रहरीले बा.१९ च ५३११ नम्बरको कार जाँच गर्ने क्रममा पछाडीको सिट र डिक्कीमा लुकाएको उक्त परिमाणको बुद्धचित्तसहित उनीहरुलाई पक्राउ गरेको हो । ठुलो आकारको बुद्धचित्तको एक पाथीको २५ लाख सम्ममा किनबेच हुने प्रहरीले जनाएको छ।

    काभ्रेका विभिन्न गाउँमा फल्ने बुद्धचित्तको एउटा मालाको मूल्य कम्तीमा पनि एक लाख रूपैयाँ छ। एक मुठ्ठी बराबर बुद्धचित्तबाट एउटा माला बन्छ। एउटा मालामा १ सय ९ वटा दाना राखिन्छ। मालाको आकार र मुख अनुसार यसको मूल्य तोकिन्छ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij