प्रकाशित मिति : आइतवार, असार १५, २०७६
काठमाडौं। छोरा नजन्मिएका कारण निराश एक शिक्षककी श्रीमतीले आफ्ना पाँच छोरीहरुलाई पालैपालो इनारमा फालेर आफूले पनि इनारमा हाम्फालिन् । घटनामा ६ जनामै डुबेर मृत्यु भएको छ । ती महिला छोरा नजन्मिएका कारण सधैं चिन्तित रहने गरेको बताइएको छ ।
महिलाले बुधबार बेलुकी इनारमा हाम्फालेको बताइएको छ । ती महिलाका छोरीहरु पढाइमा अत्यन्तै प्रतिभाशाली भएको विद्यालयका शिक्षकले बताएका छन् । घटना भारतको राजस्थान राज्यको बाडमेर जिल्लाको बावडी कला गाउँको भएको भारतीय दैनिक भास्करको समाचारमा उल्लेख छ । ती महिलाका श्रीमान शिक्षक भएको समाचारमा उल्लेख छ ।
महिलाका श्रीमान राणाराम जाटको २० वर्ष पहिले वनू देवीसँग विवाह भएको थियो । यी दुईका ५ छोरीहरु सन्तोष (१३), ममता (११), मैना (९), हंसा (५) र हेमलता (३) थिए । छोरा नभएका कारण वनू धेरै चिन्तित रहन्थिन् । बुधबार जब राणाराम स्कुल गए त्यसपछि वनूले पाँचैजना छोरीलाई इनारमा फालिदिइन् । त्यसपछि आफूले पनि इनारमा हाम्फालेर आत्महत्या गरिन् ।
यी छोरीहरु पढाइमा अब्बल भएको बताइएको छ । जेठी जोरी सन्तोष त स्कुलकै टपर थिइन् । १३ वर्षकी सन्तोष मदर टेरेसा स्कुल चौहटनमा पढ्थिन् । उनले ८ कक्षाको परीक्षामा ९८ प्रतिशत अंकसहित स्कुल टप भएकी थिइन् ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij