प्रकाशित मिति : आइतवार, असार १५, २०७६
ललितपुर– पृथ्वी राजमार्गको कृष्णभीरमा तीनवटा सवारी साधन एकैसाथ ठोकिएपछि भएको दूर्घटनामा परेका २० जना घाइते भएका छन् । धादिङ्गको बेनिघाटमा पर्ने कृष्णभीरमा २ वटा माइक्रोबस र बस ठोक्किएका हुन् ।
दुर्घटनाका घाइतेहरुलाई ललितपूरस्थित नेपाल मेडिसिटी अस्पतालमा उपचारका लागि ल्याइएको जनाइएको छ । उपचारार्थ बिरामीहरुमध्ये हाल ३ जनाको अवस्था गम्भी रहेको र उनीहरुको उपचार आइसियुमा भइरहेको जनाइएको छ । त्यस्तै ५ जना साधारण बेडमा र अन्यको आकस्मिक कक्षमै उपचार भइरहेको छ ।
अस्पतालमा उपचारार्थ बिरामीहरुको नाम :
रेखा बस्याल नेपालीः पोखरा
नरदेवी बुढाथोकीः म्याग्दी
सिरज बरालः महेन्द्रनगर
पप्प शाहः सर्लाही
राजकुमार नेपालीः लामिडाँडा
मिलन सुवेदीः कास्की
निराजन बर्ताैलाः आइसियु
सिम्रन भट्टराईः आइसियु
सुशीला कँडेलः बेनिघाट
सुमन सुनारः तनहुँ
सुमन आलेः छाङ
सारदा पौडेलः भैरहवा
श्याम रानाः स्याङ्जा
रमेश घिमिरेः चितवन
रेनु यादवः नवलपरासी
एन्जिरा यादवः नवलपरासी
विनय घिमिरेः पाल्पा
शान्ति क्षेत्रीः चितवन
गंगा क्षेत्रीः चितवन
रानामगरः सुनौली
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij