सोमवार, कार्तिक २४, २०८३ | Monday 9th November 2026

ब्रिटिश गोर्खा संयुक्त संघर्ष समितिको सत्याग्रह जुलाई १ देखि स्थगन

  • प्रकाशित मिति : सोमवार, असार १६, २०७६



  • काठमाडौं । बेलायत सरकारले विभेद गरेको भन्दै आन्दोलन गरिरहेको ब्रिटिश गोर्खा सत्याग्रह संयुक्त संघर्ष समितिले जुलाई १ देखि गर्ने भनेको आन्दोलनको कार्यक्रमहरु स्थगन गरेको छ।

    सोमबार ललितपुरमा पत्रकार सम्मेलन गर्दै संयुक्त संघर्ष समितिले प्रधानमन्त्रीको बेलायत भ्रमणमा समकक्षी थेरेसा मेसँग पुर्व गोर्खाहरुको समस्या बारे सम्बाद गरेको र बेलायती पक्षले सकारात्मक रुपमा लिएको भन्दै आन्दोलनमा जाने निर्णय फिर्ता लिएको बताएको छ।

    पत्रकार सम्मेलनमा ब्रिटिश गोर्खा सत्याग्रह संयुक्त संघर्ष समिति नेपाल च्याप्टरका संयोजक लाल बहादुर घिसिङ्गले प्रधानमन्त्री ओलीको बेलायत भ्रमणमा भएको द्विपक्षीय संवादलाई सकारात्मक रुपमा लिएको भन्दै ब्रिटिश गोर्खा सत्याग्रह संयुक्त संघर्ष समितिलाई बेलायत सरकारले पत्र लेखेर पठाएको हुँदा हाललाई जुलाई १ बाट गर्ने भनेको आन्दोलनको कार्यक्रम फिर्ता लिएको जानकारी दिए।

    साथै संघर्ष समितिका नेपाल संयोजक घिसिङ्गले नेपाल सरकारले बिगतमा झैँ पहलकदमी लिने समयमा झारा टार्ने काम नगर्न चेतावनी पनि दिए।

    प्रतिनिधि सभाको अन्तराष्ट्रिय सम्बन्ध समितिले नेपाल सरकारलाई ब्रिटिश गोर्खाका पुर्व सैनिकहरुको सम्बन्धमा बेलायत सरकार सँग बार्ता गर्न निर्देशन दिएको छ। ब्रिटिश गोर्खा सत्याग्रह संयुक्त संघर्ष समितिले समस्या समाधान गर्न उच्चस्तरीय बार्ता समिति गठन गर्न पनि माग गरेका छन्।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij