प्रकाशित मिति : सोमवार, असार १६, २०७६
काठमाडाैं । मोरङको सुन्दरहरैँचा नगरपालिका–१० मितेरीटोलका रामबहादुर सम्बाहाम्फेका १७ महिनाको छोरा पाङचुहाङ सम्बाहाम्फेको सोमबार दिउँसो पानीमा डुबेर मृत्यु भएको छ ।
सोही स्थान बस्ने फुपू कमला धिमालको घरमा भाँडोमा जम्मा गरेर राखेको पानीमा डुबेर उनको मृत्यु भएको हो । डुबेर गम्भीर अवस्थामा फेला परेका बालकलाई तत्काल उपचारका लागि विराटचोकस्थित सुकुना सामुदायिक अस्पताल लगिएकामा उपचारकै क्रममा उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक रामकुमार राईले बताए ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij