आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

दुई अर्ब भारतीय रुपैयाँको वैवाहिक कार्यक्रम, तीन सय क्वीन्टल फोहोर विसर्जन

  • प्रकाशित मिति : मङ्लबार, असार १७, २०७६



  • अउली । भारतको उत्तराखण्डको अउली नगरमा एक वैवाहिक कार्यक्रमका क्रममा थुप्रिएको करिब तीन सय क्वीन्टल फोहोर विसर्जन गरिएको छ । नगर निगमका अधिकारीहरुका अनुसार दक्षिण अफ्रिकाका एक व्यापारीका दुई छोराको बिहेका कारण त्यस्तो फोहोर थुप्रिएको थियो ।

    जोशीमठ नगर निगमका सफाई कर्मचारी अनिल कुमारले बिहेका कारण दुर्गन्धित भएको इलाका पूरै सफा गरिएको जानकारी दिए । गुप्ता परिवारको विवाह समारोह गत जुन १८ देखि २२ तारिखसम्म भएको थियो ।

    गुप्ता परिवारका सदस्य अजय गुप्ताले सफाईका लागि भारतीय रुपैयाँ ५४ हजार नगर निगमलाई भुक्तानी गरेको बताए । निकै भव्य रुपमा गरिएको यस विवाह कार्यक्रममा करिब भारु दुई अर्ब खर्च भएको बताइएको छ ।

    नगरका विभिन्न स्थानमा छरिएको फोहोर सफा गर्न २० जना सफाई कर्मचारी खटाएको पनि नगर निगमले जनाएको छ । उत्तराखण्ड उच्च अदालतले पनि जिल्ला प्रशासनलाई फोहोरका कारण उत्पन्न समस्याका बारेमा प्रतिवेदन बुझाउन आदेश दिएको छ ।

    विवाह समारोहमा मुख्य मन्त्रीहरु, नायिका कट्रिना कैफ, योग गुरु बाबा रामदेव समेतका विशिष्ट पाहुनाहरु सहभागी भएका थिए । विवाह कार्यक्रमकै अवसरमा रामदेवले दुई घण्टे योग शिविर सञ्चालन गरेका थिए । विवाहमा सहभागी हुने अतिथिहरुका लागि हेलिकप्टरको समेत व्यवस्था गरिएको थियो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij