प्रकाशित मिति : मङ्लबार, असार १७, २०७६
काठमाडौं। काठमाडौं चन्द्रागिरी नगरपालिका–१२ बलम्वु दुरसञ्चार नजिकै एक किशोरीले आत्महत्या गरेकी छिन् । उनले शनिबार दिउँसो झुण्डिएर आत्महत्या गरेकी हुन् । उनले एसईईमा कम जीपीए आएपछि आत्महत्या गरेको दावी गरिएको छ ।
अर्घाखाँची जिल्ला सन्धिखर्क नगरपालिका –७ घर भई चन्द्रागिरी १२ बलम्वु दुरसञ्चारमा बलम्बु माविबाट यस वर्ष एसईई परिक्षा दिएकी सदीक्षा पौडेलले झुण्डिएर आत्महत्या गरेकी हुन् । उनले एसईईमा ‘ए प्लस’ नतिजा नआएको भन्दै आत्महत्या गरेको हुनसक्ने प्रहरीले अनुमान गरेको छ । बलम्वु माध्यामिक विद्यालयबाट पौडेलको एसईईमा ३.६ जिपीए आएको थियो ।
सदीक्षाको शव शिक्षण अस्पताल महाराजगञ्ज पोस्टमार्टमको लागि पठाइएको प्रहरीले बताएको छ । पछिल्लो समय बालबालिकाहरुलाई एसईईको कारण ज्यान गुमाईरहेका छन् । स्कूलमा शिक्षक र अभिभावकहरुले आफ्नो बच्चाहरुलाई उचित परामर्श दिन नसक्दा यस्ता दुर्घटनामा वृद्धि भइरहेको प्रहरी बताउँछ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij