प्रकाशित मिति : मङ्लबार, असार १७, २०७६
काठमाडौं । काठमाडौँको बुढानिलकण्ठ नगरपालिका–४ पासिकोटस्थित बा २ क ९९७४ नम्बरको स्कुलबसको ठक्करबाट आज एक बालिकाको मृत्यु भएको छ।
उक्त दुर्घटनामा परी पासिकोट बस्ने पाँचथर घर भएका दिनेश नेपालीका तीन वर्षीया छोरी सुजितीको मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।
ठक्करबाट गम्भीर घाइते भएकी बालिकाको उपचारका लागि न्यूरो अस्पताल बाँसबारीतर्फ लैजाने क्रममा बाटो मै मृत्यु भएको हो।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij