प्रकाशित मिति : बुधबार, असार १८, २०७६
श्रीलंका । श्रीलङ्काको प्रहरीले आत्मघाती बम आक्रमण रोक्न नसकेको आरोप लागेका आफ्नै कमाण्डर पुजित जयसुन्दरालाई पक्राउ गरेको छ । आक्रमणमा दुई सय ५८ जना मारिएका थिए ।
प्रहरीले आईजीपी जयसुन्दरासँगै पूर्वरक्षा सचिव हेमसिरी फर्नान्डोलाई पनि गिरफ्तार गरेको छ । महान्यायाधिवक्ताले सुरक्षा खतराको आँकलनमा उनीहरूको विफलता मानवताविरूद्धको अपराधजस्तै भएको टिप्पणी गरेको भोलिपल्ट दुई अधिकारी गिरफ्तार भएका हुन् ।
महान्यायाधिवक्ताले उनीहरूविरुद्ध औपचारिकरूपमा अभियोग लगाउन सक्ने बताइएको छ । उनले सुरक्षा कमजोरीका निम्ति मुद्दा लगाइनु पर्ने भन्दै संदिग्ध रूपमा अन्य नौजना वरिष्ठ प्रहरी अधिकृतको पनि नाम लिएका छन् । सम्भावित आक्रमणबारे प्राप्त गुप्त सूचनाको जानकारी दिन असफल भएको भन्दै प्रहरी प्रमुखलाई राजीनामा दिन निर्देशन दिइएको थियो ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij