प्रकाशित मिति : बुधबार, असार १८, २०७६
काठमाडौं । बागलुङ जिल्लाको बडिगाड गाउँपालिका–६ चिच्चौरमा एक किशोरीको मुढोले किचेर मृत्यु भएको छ ।
मंगलबार दिउँसो बाख्रा चराउन जंगलमा गएकी किशोरीलाई भिरबाट पल्टाएको काठको मुढोले किचेर मृत्यु भएको इलाका प्रहरी कार्यालय बुर्तिबाङले जनाएको छ । मुढोले किचेर सोही स्थानकी १७ वर्षीया सुजना रोकाको घटनास्थलमै मृत्यु भएको हो ।
बाख्रा चराउन जंगलमा गएका बेला माथिबाट पल्टाएको मुढोले किचेको स्थानीयले बताएका छन् । जंगलबाट काठको मुढो पल्टाउने ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
घटनाका विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij