प्रकाशित मिति : बुधबार, असार १८, २०७६
काठमाडौं । जाजरकोटमा झाडापखालाका बिरामी बढेका छन । जाजरकोट कारागारका कैदीबन्दी, कर्मचारी र सुरक्षाकर्मी झाडापखालाका कारण बिरामी परेको खबर छ । अहिलेसम्म ७ जना सुरक्षाकर्मी, १२ जना कैदीवन्दी र अन्य कर्मचारीमा समेत झाडापखाला लागेको बताइएको छ ।
जाजरकोट अस्पतालमा पखालाका बिरामी दैनिक ४० भन्दा बढी आउँदा उपचार गर्ने ठाउँको अभावमा समस्या भएको अस्पताल प्रशासनले बताएको छ । । सदरमुकाममा रहेको बृहत खानेपानी सञ्चालनमा आएपछि पखालाका बिरामी बढेको बताईन्छ । बिरामीको संख्या दैनिक यसरी बढ्ने हो भने ५ दिनसम्मलाई मात्र पुग्ने औषधि रहेको फार्मेसी शाखाले जनाएको छ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij