प्रकाशित मिति : बिहिबार, असार १९, २०७६
अर्घाखाँची । अर्घाखाँचीको पर्यटकीय स्थल सुपादेउराली नजिकै जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।
कृष्णनगरबाट सन्धिखर्क जाँदै गरेको लु १ ज १३२९ नम्बरको जिप दुर्घटना भएको हो । दुर्घटनामा पाँच जना गम्भीर घाइते भएका छन् ।
सुपादेउरालीको मन्दिर र खाँचीखोला पुलको बीचमा जिप पल्टिएर खोलामा पुगेको छ । जिपमा ११ जना सवार थिए । मृतकहरुको सनाखत हुन सकेको छैन ।
जिप एक्कासी ब्याक भएको र पल्टिएर खोलामा पुगेको घाइतेहरुले बताएका छन् । दुर्घटनास्थलमा प्रहरी र स्थानीयले उद्धार गरिरहेका छन् ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij