आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

चेल्सी फर्किए लाम्पार्ड

  • प्रकाशित मिति : शुक्रबार, असार २०, २०७६



  • एजेन्सी । चेल्सीले पुर्व मिडफिल्डर फ्रान्क लाम्पार्डलाई क्लबको मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ । लिजेण्ड खेलाडी लाम्पार्डलाई चेल्सीले तीन बर्षका लागि क्लबमा अनुबन्धन गरेको हो ।

    ४१ बर्षका लाम्पार्डले च्याम्पियनसिप क्लब डर्बी काउन्ट्रीको बसाई बिट मार्दैै लण्डन क्लब फर्कने निर्णय गरेका हुन् । उनले चेल्सीमा १३ बर्ष बिताएका थिए । उनले मुख्य प्रशिक्षक माउरिजियो सर्रीको स्थान क्लबमा लिनेछन् । सर्री ईटालियन महारथी क्लब युभेन्ट्स लागेपछि लण्डन क्लब प्रशिक्षक विहिन अवस्थामा थियो ।

    डर्बी काउन्ट्रीको नेतृत्व गरेका लाम्पार्ड च्याम्पियनसिपको प्लेअफ फाईनलमा पराजित हुदै शीर्ष डिभिजनमा उक्लिन बञ्चित भएका थिए । एक सिजन दोस्रो डिभिजनको क्लबको नेतृत्व गरेका लाम्पार्ड निर्णायक खेलमा एस्टन भिल्लासंग पराजित भएका थिए ।

    ईङ्ल्याण्डका अन्तराष्ट्रिय खेलाडी समेत रहेका लाम्पार्डले ६ सय ४८ पटक क्लबबाट खेलेका थिए । उनले चेल्सीमा रहदाँ मुख्य ११ उपाधि जितेका थिए । फिफाले चेल्सीमाथि दुई ट्रान्सफरमा खेलाडी खरिदमा प्रतिबन्ध लगाएको छ । लाम्पार्डले अब प्रतिबन्धित अवस्थामा चेल्सीको कमान्ड सम्हाल्ने चुनौती मोल्नेछन् ।

    डर्बीले चेल्सीसंग छलफल गर्न समय दिएको ९ दिनपछि लाम्पार्ड पुर्व क्लबको मुख्य प्रशिक्षकमा नियुक्त भएका हुन् । लण्डन क्लब किनेपछि मालिक रोमन अब्रामोभिचले १० औ प्रशिक्षकको रुपमा लाम्पार्डलाई क्लबको जिम्मा लगाएका हुन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij