प्रकाशित मिति : शुक्रबार, असार २०, २०७६
काठमाडौं । बाराको जीतपुरसिमरामा यात्रुवहाक बस दुर्घटना भएको छ । दुर्घटनामा २० जना घाइते भएको इलाका प्रहरी कार्यालय सिमराले जनाएको छ ।
हेटौँडाबाट वीरगञ्जतर्फ जाँदै गरेको ना ५ ख ३८९५ नम्बरको मिनिबस अमलेखगञ्जको दुई नम्बर पुल नजिकै सडकबाट करिब ५० मिटर तल खसेको प्रहरीले जानकारी दियो ।
प्रहरीका अनुसार ५ जनाको अवस्था गम्भीर छ । गम्भीर घाइतेको हेटौंडा र वीरगन्जमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय सिमराले जनाएको छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij