सोमवार, कार्तिक २४, २०८३ | Monday 9th November 2026

सर्पले टोक्दा युवकको मृत्यु

  • प्रकाशित मिति : शनिबार, असार २१, २०७६



  • सर्लाही । विषालु सर्पको टोकाइबाट एक युवकको मृत्यु भएको छ । कविलासी नगरपालिका–२ निवासी सिकिन्द्र मण्डलका २१ वर्षीय छोरा विजय मण्डललाई सर्पले टोक्दा मृत्यु भएको हो ।

    मण्डल आफ्नो ससुराली घर कोडैना गाउँपालिका–१ सुखचैनामा सुतिरहेको बेला विषालु सर्पले टोकेको थियो । उनको समयमै उपचार हुन नपाउँदा मृत्यु भएको बताइएको छ ।

    यसैबीच गएराति ९:३० बजे रामनगर गाउँपालिका–३ स्थित एक निजी विद्यालयमा आगलागी भएको छ । स्थानिय फेकु रायले सञ्चालन गरेको मेमोरियल ज्ञान ज्योति इङ्लिस बोर्डिङ स्कुलमा अचानक आगलगी हुँदा फुसको छ र खपडाले छाएको तीन कोठाको घर पूर्णरुपमा जलेर क्षति भएको छ । आगलागीबाट करीब रु १० लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

    आगलागीबाट स्कुलसँगै रहेको रामचन्द्र रायको खपडाले छाएको घरमा समेत क्षति पुगको छ । आगो स्थानीयवासी र प्रहरीको सहयोगमा राति नै नियन्त्रणमा लिइएको थियो ।

    रासस

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij