सोमवार, कार्तिक २४, २०८३ | Monday 9th November 2026

चिनियाँ दबाबमा दलाई लामाको जन्म दिन मनाउन तिब्बतीहरुलाई अनुमति दिइएन

  • प्रकाशित मिति : आइतवार, असार २२, २०७६



  • काठमाडौं। नेपालमा रहेको तिब्बती शरणार्थीले शनिबार तिब्बती धर्म गुरु दलाई लामाको ८४ औं जन्म दिन मनाउन पाएनन् । नेपाल सरकारले चिनियाँ दबाबमा लामाको जन्म दिन मनाउने अनुमति नदिएको अन्तर्राष्ट्रिय समाचार एजेन्सी एएफपीले जनाएको छ ।

    एएफीका अनुसार चिनियाँ दबाबमा कम्युनिष्ट सरकारले सुरक्षाको कारण देखाउँदै लामाको जन्म दिन मनाउन अनुमति नदिएको हो ।

    एएफपीसँग कुरा गर्दै काठमाडौं जिल्ला प्रशासक कार्यालयमा सहायक प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले सुरक्षाको कारण जन्द दिन मनाउन अनुमति नदिएको जानकारी दिएका छन् ।

    चीनको संवेदनशील विषय रहँदै आएको तिब्बतका विषयमा चीनले नेपाललाई यही आँखाबाट हेर्ने गरेको छ । नेपालले पटक पटक एक चीन नीतिमा आफ्नो प्रतिवद्धता जनाउँदै आएको छ ।

    यही परिपेक्क्षमा सरकारले दलाई लामाको जन्म दिन मनाउने अनुमति नदिएको एएफपीले जनाएको छ । १९५९ मा तिब्बतमा चिनियाँ शासन शुरु भएपछि दलाई लामासमेत कैयौं तिब्बतीहरु तिब्बतबाट भागेका थिए । लामा भारतको धर्मशालामा शरणार्थीका रुपमा बस्दै आएका छन् । नेपालमा पनि हजारौं तिब्बती शरणार्थी रहेका छन् । लामाको ८४ औं जन्म दिन धुमधाका साथ नेपालमा पनि मनाउने तयारी गरे पनि प्रशासनले अनुमति नदिँदा नमनाइएको जन्म दिन आयोजक समितिका एक सदस्यले बताएको एएफपीले जनाएको छ ।

    एएफपीले यो प्रसंगलाई हालै एक अमेरिकी नागरिकलाई तिब्बती भनेर नेपाल प्रवेश नदिइएको विषय र सरकारी समाचार एजेन्सी राससका तीनजना पत्रकारमाथि भएको अनुसन्धानलाई पनि जोडेको छ । लामा विरामी भएको समाचार राससले प्रकाशित गरेको थियो । सो विषयमा राससका अन्तर्राष्ट्रिय ब्यूरोका पत्रकारहरुसँग स्पष्टीकरण मागिएको थियो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij