सोमवार, कार्तिक २४, २०८३ | Monday 9th November 2026

जब विमानको ल्याण्डिङ गियरमा लुकेर दिल्लीबाट लण्डन पुगे, चमत्कारजस्तै जिउँदै रहे

  • प्रकाशित मिति : आइतवार, असार २२, २०७६



  • काठमाडौं। गत हप्ता लण्डनको एक घरको बगैंचामा एक व्यक्तिको शव आकाशबाट खस्यो । शव जमेको बरफजस्तै थियो । मिडिया रिपोर्टका अनुसार यो शव विमानको ल्याण्डिङ गियरमा लुकेर यात्रा गरिरहेका कुनै व्यक्तिको थियो । जाँचपछि थाहा भयो कि यो शव केन्या एयरलाइन्सको विमानबाट खसेको थियो जुन विमान केन्याबाट लण्डन जाँदै थियो ।

    यही बीचमा एक यस्ता व्यक्तिको कथा सार्वजनिक भएको छ जो यस्तै यात्रापछि जीवित रहन सफल रहे । संसारभर यस्ता कैयौं घटना भए जब मानिसहरुले विमानमुनि लुकेर यात्रा गर्ने कोसिस गरे र मृत्युको शिकार भए । तर यसरी यात्रा गर्ने मान्छे जीवित रहेको घटना विरलै छ । बेलायती मिडिया मिररका अनुसार आजभन्दा २३ वर्ष पहिले एक युवक यसैगरी यात्रा गरेर लण्डन पुगे । आश्चर्यजनक रुपमा उनी जीवित थिए ।

    प्रदिप सैनी नामका ती युवकले यसैगरी विमानको ल्याण्डिङ गियरमा लुकेर भारतको दिल्लीदेखि लण्डनसम्म यात्रा गरेका थिए । १९९६ मा यसरी लुकेर दिल्लीबाट लण्डन पुगेका सैनीले अहिले लण्डनमा ड्राइभरको काम गर्छन् । करिब ६ हजार ५ सय किलोमिटरको यात्रा विमानको ल्याण्डिङ गियरमा बिताएका सैनी जीवित रहन सफल भए । यो यात्राको क्रममा ब्रिटिस एयरलाइस्नको विमान ४० हजार फिटसम्मको उचाइमा पुग्यो र उनले शून्य बराबर अक्सिजन र माइनस ६० डिग्री सेल्सियस तापक्रमको सामना गरे ।

    सैनी आज त्यो यात्रालाई निकै कष्टकर बताउँछन् । त्यतिबेला उनीसँगै उनका भाइ विजय पनि लुकेर गएका थिए तर उनका भाइ विमानबाट खसे र उनको मृत्यु भयो । ५ दिनपछि उनको शव लण्डनमै भेटियो । त्यतिबेला लण्डन पुग्दा २२ वर्षका प्रदिप बेहोस अवस्थामा भेटिएका थिए । उनलाई अस्पतालमा भर्ना गरियो जहाँ आश्चर्यजनक रुपमा डाक्टरलाई चकित पार्दै उनले स्वास्थ्यलाभ गरेका थिए । पछि उनलाई बेलायतबाट निकाल्ने प्रयास भएपछि उनले धेरै लामो कानुनी लडाइ लड्नुपर्यो । अन्ततः अदालतले १८ वर्षपछि २०१४ मा उनलाई लण्डनमै बस्न अनुमति दियो । त्यहाँ जानुभन्दा पहिले उनी पंजाबमा कार मेकानिकको काम गर्थे ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij