प्रकाशित मिति : सोमवार, असार २३, २०७६
काठमाडौँ । कस्तुरीको बिना कारोवारमा संलग्न रहेको आरोपमा काठमाडौँबाट एक प्रहरीसहित छ जना पक्राउ परेका छन्।
महानगरीय प्रहरी कर्यालय काठमाडौँका प्रवक्ता श्यामलाल ज्ञवालीका अनुसार उक्त घटनामा आइतबार साँझ एक प्रहरीसहित छ जनालाई पक्राउ गरिएको पुष्टि गरे।
पक्राउ पर्नेमा प्रहरी हबल्दार बमबहादुर चन्द रहेको र अन्य विवरण भने आज दिउँसो सार्वजनिक गर्ने प्रहरीले जनाएको छ। प्रहरीले कस्तुरीको बिनासमेत बरामद गरेको जनाएको छ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij