प्रकाशित मिति : सोमवार, असार २३, २०७६
काठमाडौं । सिन्धुलीको सुनकोसी गाउँपालिका–६ मा माटोको ढिस्कोले पुरिएर एक जनाको मृत्यु भएको छ । अन्य दुई जना घाइते भएका छन् ।
मृत्यु हुनेमा सुनकोशी गाउँपालिका–६ आमपानी की २४ वर्षीया शर्मिला रम्तेल रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।।घटनामा सोही स्थानकी ३५ वर्षीया विमला रम्तेल, र १८ वर्षीय रामु रम्तेल रहेका छन् ।
घर पोत्ने माटो खन्न गएका ४ जना मध्ये ५० वर्षीया सुकमाया रम्तेल भने सकुशल रहेको सिन्धुलीका प्रहरी प्रमुख चक्रबहादुर सिंहले जानकारी दिनुभयो । घाइतेहरुको उपचारका लागी आत्मिय अस्पताल खाल्टे पठाइएको छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij