प्रकाशित मिति : सोमवार, असार २३, २०७६
काठमाडौं। यतिबेला देशको तराई भू–भागमा वर्षा भइरहेको छ । मनसुन सक्रिय भएपछि देशभर वर्षा भइरहेको छ । सोमबार दिउँसो मध्ये तथा पूर्वी तराईमा भारती वर्षा भएको जल तथा मौसम विभागले जानकारी दिएको छ ।
विभागको मौसम पूर्वानुमान शाखाका अनुसार आगामी तीन दिन देशभर लगतार वर्षा हुने सम्भावना छ । शाखाले सोमबार साँझ ६ बजे जारी गरेको सूचनाअनुसार सोमवार राती देशका अधिकांश भू–भागमा सामान्यदेखि पूर्ण बदली रहनेछ। देशका धेरै भू–भागहरुमा वर्षाको सम्भावना छ। देशको पश्चिमी भू–भागका थोरै स्थानहरुमा र मध्य र पूर्वीका १–२ स्थानहरुमा भारी वर्षाको संभावना छ ।
यस्तै मंगलवार दिउँसो देशका पश्चिमी क्षेत्रका अधिकांश भू–भागमा सामान्यदेखि पूर्ण बदली र बाँकी भू–भागमा सामान्य बदलि रहनेछ। देशका धेरै भू–भागहरुमा वर्षाको सम्भावना छ। देशको पश्चिमी भू–भागका थोरै स्थानहरुमा र मध्य र पूर्वीका १–२ स्थानहरुमा भारी वर्षाको संभावना छ ।
राती देशका अधिकांश भू–भागमा सामान्यदेखि पूर्ण बदली रहनेछ। देशका धेरै भू–भागमा वर्षाको सम्भावना छ। देशको थोरै स्थानहरुमा भारि वर्षाको संभावना छ ।
यस्तै बुधवार दिउँसो देशका अधिकांश भू–भागमा सामान्य बदली रहनेछ। देशका केहि भू–भागमा वर्षाको सम्भावना छ। देशको १–२ स्थानहरुमा भारि वर्षाको संभावना छ ।
राती देशका अधिकांश भू–भागमा सामान्यदेखि पूर्ण बदली रहनेछ। देशका अधिकांश भूभागमा वर्षाको सम्भावना छ। देशको थोरै स्थानहरुमा भारि वर्षाको संभावना छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij