प्रकाशित मिति : मङ्लबार, असार २४, २०७६
काठमाडौं । आजदेखि तीन दिनसम्म लगातार वर्षा हुने भएको छ । मनसुन सक्रिय भएसँगै अहिले पनि देशका अधिकांश स्थानमा वर्षा भईरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
मंगलबार बिहान महाशाखाले जारी गरेको सूचना अनुसार आगामी तीन दिन देशभर लगतार वर्षा हुने सम्भावना छ।
आज दिउँसो देशका अधिकांश भू-भागमा सामान्य देखि पूर्ण बदली रहनेछ। देशका धेरै भू-भागमा वर्षाको सम्भावना छ। देशको थोरै स्थानहरुमा भारि वर्षाको संभावना छ।
भने आज राति देशका अधिकांश भू-भागमा सामान्य देखि पूर्ण बदली रहनेछ। देशका धेरै भू-भागमा वर्षाको सम्भावना छ। देशको थोरै स्थानहरुमा भारि वर्षाको संभावना छ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij