सोमवार, कार्तिक २४, २०८३ | Monday 9th November 2026

गाँउपालिकाको गेटमा शंकास्पद वस्तु, बम हुन सक्ने आशंका

  • प्रकाशित मिति : मङ्लबार, असार २४, २०७६



  • मुगु। सदरमुकाम गमगढीदेखि एक दिनको पैदल दूरीमा पर्ने खत्याड गाँउपालिकाको कार्यालयको मुल गेटमै शंकास्पद बस्तु फेला परेको छ।
    खत्याड गाँउपालिकाको माथिचौरमा रहेको कार्यालयको मुलगेटमै रातो पलाष्टिकले बेरेको शंकास्पद बस्तु मंगलबार बिहान फेला परेको हो।

    गाँउपालिकाको मुख्य गेट अगाडि रातो पलास्टिकले बेरेको र उक्त बस्तुमा रातो कालो तार जोडिएको छ। .शंकास्पद बस्तु गाँउपालिकाको मुल गेटमै राखिएको जानकारी आएपछि उक्त स्थानलाई प्रहरीले आफनो नियन्त्रणमा लिई सर्वसाधरणलाई उक्त स्थानमा आवतजावतमा रोक लगाएको छ।

    शंकास्पद बस्तु बम हुन सक्ने आशंका गर्दै सोको जानकारी जिल्ला प्रहरी कार्यालयमा गराइएको अस्थायी प्रहरी चौकी माथि चौरका इन्चार्ज असई गगन जिसीले जानकारी गराए। सोमबारनै बाजुरा जिल्लाको हिमाली गाँउपालिकाबाट विप्लव समूह मुगुका खत्याड गाँउपालिका–८ का दुई जना कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको थियो।

    आफ्ना कार्यकर्ता पक्राउको विरोधमा विप्लव समूहले नै उक्त शंकास्पद बस्तु राखेको हुन सक्ने प्रहरीले आशंका गरेको छ।

    जिल्लाका चार स्थानीय तह मध्ये मुगुम कार्मारोङ गाँउपालिका बाहेक छायाँनाथ रारा नगरपालिका, खत्याड गाँउपालिका र सोरु गाँउपालिकामा आइतबार राति संसदीय व्यवस्थालाई फटाहा, दलाल र विचौलियाको व्यवस्था भएको, स्थानीय तह, प्रदेशमा ब्रमलुट मच्एिको, कर्मचारी भर्नामा आस्थागत र नातागत अनुसार भर्ना गरेको, जनप्रतिनिधि भनेर राज्यको दोहन गर्दै तलव भत्ता दिइएको, वर्ष दिन बित्दासमेत साामजिक सुरक्षा भत्ता वितरण नगरिएको, विकास योजना आवश्यकता भन्दा अनुकलतामा छनौट गरिएकालयात १५ बुदे विज्ञप्ति जारी गर्दै विप्लव समूहले स्थानीय तहमा तालाबन्दी गरेका थिए।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij