आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

भ्रष्टाचारको अभियोगमा पूर्वमन्त्रीलाई जेल सजाय

  • प्रकाशित मिति : मङ्लबार, असार २४, २०७६



  • अल्जिएयर्स  । अल्जेरियाको सर्वोच्च अदालतले एक जना पूर्वमन्त्रीलाई जेल सजायको फैसला सुनाएको छ ।

    पूर्व राष्ट्रिय एकता तथा पारिवारिक मामिला मन्त्री साइद बेर्कातलाई अदालतले सोमबार दोषी ठहर गर्दै सजाय स्वरुप कारागार चलान गर्नु पर्ने फैसला गरेको हो । उत्तरी अफ्रिकी मुलुक अल्जेरियामा भ्रष्टाचार विरुद्ध देशव्यापी र व्यापक आन्दोलनहरू भइरहेका बेला अदालतले यस्तो फैसला गरेको स्थानीय सञ्चार माध्यमहरूले लेखेका छन् ।

    मन्त्री हुँदा कृषि र स्वास्थ्य मन्त्रालयको समेत जिम्मेवारी पाएका पुर्वमन्त्री बेर्कात अहिले ७१ बर्षका पुगेका छन् । गलत शासन र अनियमितताको आरोप लागेको छ । पूर्व राष्ट्रपति अब्डेलाजिज बौटेफ्लिका शक्तिमा आएसँगै सन् १९९९ मा बेर्कात मन्त्री बनेका थिए ।

    यसअघि गत आइतबार त्यही मन्त्रालयका अर्का पूर्वमन्त्री डिजामेल औल्ड अब्बेसलाई पनि यस्तै मुद्दामा जेल सजायको फैसला भएको थियो । यी बाहेक दुई पूर्व प्रधानमन्त्री अब्डेल्मालेक सेल्लाल र अहमद औयाहीयासहित केही उच्च सरकारी अधिकारीहरूलाई पनि भ्रष्टाचारको अभियोगमा यसअघि नै जेल चलान गरिसकिएको छ ।

    लोकतन्त्र र कानुनी शासनको माग गर्दै आन्दोलन भइरहेका बेला गत फेबु्रअरी २२ देखि भ्रष्टाचारको अभियोगमा विभिन्न व्यक्तिलाई पक्राउ गर्दै भ्रष्टाचारी ठहर्‍याउदै जेल जलान गर्दै आइएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij