सोमवार, कार्तिक २४, २०८३ | Monday 9th November 2026

सावित्री हत्या प्रकरणः आरोपीलाई १० दिन थुनामा राख्न अनुमति

  • प्रकाशित मिति : बुधबार, असार २५, २०७६



  • काठमाडौं । भक्तपुरको सावित्री भट्टराई हत्या प्रकरणमा पक्राउ परेका ४ जनालाई १० दिन थुनामा राख्न मंगलबार अदालतले अनुमति दिएको छ ।

    भक्तपुरको चाँगुनारायण नगरपालिका–७, बाँसबारीकी सावित्री भट्टराई हत्या प्रकरणमा पक्राउ परेका उनीहरुमाथिको अनुसन्धान नसकिएको भन्दै प्रहरीले जिल्ला अदालत भक्तपुरमा म्याद थप मागेको थियो । प्रहरीको मागअनुसार जिल्ला अदालतले उनीहरुलाई १० दिन थुनामा राख्न आदेश दिएको भक्तपुर प्रहरीले जनाएको छ ।

    सावित्री हत्या प्रकरणमा मृतककी छोरी ईश्वरी, उनका प्रेमी मोहम्मद नौसाद, कन्ट्याक्ट किलर भारतीय नागरिक अर्जुनकुमार भनिने भोला कुमार र मोहमद रइस पक्राउ परेका छन् ।

    सावित्री हत्यामा उनकै छोरी ईश्वरीको हात रहेको प्रहरीले खुलासा गरेको थियो । ईश्वरी र उनका प्रेमी नौसादले हत्याका लागि भारतीय कन्ट्रयाक्ट किलरलाई सुपारी दिएको प्रहरी अनुसन्धानले खुलासा गरेको थियो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij