प्रकाशित मिति : बुधबार, असार २५, २०७६
काठमाडौं । आज देशभर भारी वर्षा भईरहेको छ । मनसुनको न्यूनचापिय रेखा नेपालतिरै रहेकाले अझै दुई दिन निरन्तर वर्षा हुने मौषम पुर्वानुमान महाशाखाले जनाएको छ ।
मंगलबार रातिदेखि बुधबार बिहानसम्म देशका अधिकांश स्थानहरुमा सामान्यदेखि भारी वर्षा भइरहेको महाशाखाले जारी गरेको सूचनामा जनाईएको छ ।
आज दिउँसो देशका अधिकांश भू-भागमा सामान्य देखि पूर्ण बदली रहने तथा देशका धेरै स्थानहरुमा वर्षा हुनुको साथै केहि स्थानहरुमा भारि वर्षाको संभावना छ।
त्यस्तै आज राति पनि देशका अधिकांश भू-भागमा सामान्य देखि पूर्ण बदली भई देशका अधिकांश भू भागमा वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij