सोमवार, कार्तिक २४, २०८३ | Monday 9th November 2026

तीन दिन देशभर भारी बर्षा हुने, बाढीपहिरोबाट सतर्क रहन आग्रह

  • प्रकाशित मिति : बुधबार, असार २५, २०७६



  • काठमाडौं । आगामी तीन दिनसम्म देशभर भारी वर्षा जारी रहने सम्भावना भएकाले बाढीपहिरोबाट सतर्क रहन मौसमविद्ले आग्रह गरेका छन् ।

    मौसम पूर्वानुमान महाशाखाकाका अनुसार आउने तीन दिनसम्म लगातार वर्षा हुने सम्भावना छ । अहिले काठमाडौं उपत्यकासहित मुलुकका अधिकांश स्थानमा बर्षा भइरहेको छ ।

    धेरै स्थानमा भारी वर्षा हुने सम्भावना रहेकाले बाढीपहिरोको जोखिम रहेका क्षेत्रमा बसोबास गर्नेहरूलाई होसियारी अपनाउन महाशाखाले आग्रह गरेको छ ।

    हिजो मंगलबार पनि देशका अधिकांश स्थानमा भारी वर्षा भएको छ ।

    बाढी पूर्वानुमान महाशाखाले पनि बुधबार चितवन, नवलपरासी, कपिलवस्तु, रूपन्देही, दाङ, बाँके, बर्दियालगायत आसपासका जिल्लाका खोला नदीमा बाढी आउने सम्भावना रहेको भन्दै सचेत रहन आग्रह गरेको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij