प्रकाशित मिति : बिहिबार, असार २६, २०७६
काठमाडौं । मौसम विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले विहिबारको मौसमसम्बन्धी जानकारी सार्वजनिक गरेको छ ।
महाशाखाको अनुसार हाल मनसुन न्यूनचापिय रेखा नेपालको नजिक रहेको छ। आगामि २४ घण्टा भित्र मनसुन न्यूनचापिय रेखा नेपालको पुर्व देखि पश्चिम तराई भूभागमा रहने देखिन्छ।
देशभर पूर्ण बदली रहि मध्य र पूर्वका केही स्थानहरु र पश्चिम क्षेत्रको धेरैजसो स्थानहरुमा मनसुनि वर्षा भैरहेको महाशाखाको अनुमान छ।
यस्तै महाशाखाले आज बिहिबार दिउसो देशका अधिकांश भेगमा सामान्य देखि पूर्ण बदली रहने जनाएको छ। देशका धेरै स्थानहरुमा वर्षा हुनुको साथै केहि स्थानहरुमा भारि वर्षाको संभावना महाशाखाको बुलेटिनमा उल्लेख छ ।
यसैगरी विहिबार राती देशका अधिकांश भू–भागमा सामान्य देखि पूर्ण बदली रहनेछ। देशका अधिकांश स्थानमा वर्षाको सम्भावना छ। देशको केहि स्थानहरुमा भारि वर्षाको संभावना छ भने एक दुइ स्थानहरुमा अति भारी वर्षाको सम्भावना रहेको महाशाखाको अनुमान रहेको छ ।
महाशाखाका अनुसार देशभर मनसुनी वर्षा जारी रहने देखिन्छ। वर्षाले बाढी पहिरो आउन सक्ने भन्दै विशेष सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन् ।
साथै देशको पश्चिमि भेगका थोरै स्थानहरुमा र पूर्वी पहाड र तराई एक दुई स्थानहरुमा भारि वर्षाको संभावना भएकोले ती क्षेत्रका नदिहरुमा जलको वहाव, स्तर वढन सक्ने र पहाडि क्षेत्रहरुमा पहिरोहरुको जोखिम बढ्न सक्ने भएकोले उच्च सतर्कता अपनाउनुपर्ने देखिन्छ।
साथै, हवाई तथा सडक यातायातमा समेत अवरोध आउन सक्नेछ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij