प्रकाशित मिति : शुक्रबार, असार २७, २०७६
आज मिति :- २०७६/०३/२७ गते शुक्रबार तदनुसार १२ जुलाइ २०१९ आषाढ शुक्ल पक्ष एकादशी तिथि राति २६ : १७ बजे सम्म । आजको नक्षत्र विशाखा वेलुका १८ : ३८ वजे सम्म ।
कपिलदेव सुवेदी उप–प्रा. नेपालसंस्कृत विश्वविद्यालय सिद्धान्त ज्यौतिषाचार्य,वास्तु तथा फलितविद् ज्यौतिष परामर्श केन्द्र वेष्टर्न डेभलोपमेन्ट बैक संग सटेको घरमा बिजौरी,दाङ भेटने समय ः– विहान ०६—०९ः३० दिवा ०२—०६ वजे सम्म
मेष (चु,च,ेचो,ला,ली,लु,ले,लो,अ) आर्थिक उन्नति तथा प्रगतिको योग रहेको छ । कीर्ति वढने छ । मान प्रतिष्ठा बढ्ने योग छ । अध्ययन तथा अध्यापन क्षेत्रमा सफलता मिल्ने छ । मीष्ठान्न भोजन प्राप्त हुने छ । परिवारबाट सहयोग मिल्ने छ । व्यवसायबाट प्रसस्त आम्दानी हुने दिन रहेको छ । पढाइमा सफलता मिल्ने दिन रहेको छ ।
बृष (ई,उ,ए,ओ,वा,वी,वु,वे,वो) आकस्मिक धन तथा उपहार प्राप्तिको योग छ । यश प्राप्तहुनेछ । मित्रहरुबाट सहयोग प्राप्त हुनेछ । यात्राको अवसर मिल्नेछ । शत्रु परास्त हुनेछन् । स्वास्थ्य राम्रो रहने छ । मनले चिताएको काम पुरा हुनेछ । प्रेममा सफल भइएला । साथीबाट पूर्ण सहयोग मिल्नेछ । अध्ययन तथा व्यवसायीक क्षेत्र फलदायी रहेकाछन् ।
मिथुन (का,की,कु,घ,ङ,छ,के,को,हा) आर्थिक उन्नति तथा प्रगति हुनेछ । धन आर्जन हुनेछ । मनले चिताएका कामहरु पुराहुने दिन रहेको छ । मेहनतसाथ गरेको काम सफल हुनेछ । यात्रा अर्थपूर्ण होला । धन तथा सामान प्राप्त । व्यापार व्यवसायबाट राम्रो आम्दानीहुने छ । विद्यार्थीहरुका लागि आजको दिन त्यति फलदायी हुने छैन ।
कर्कट (ही,हु,हे,हो,डा,डी,डु,डे,डो)
काममा बाधाहरु आउने छ । शत्रुले पीडा दिने खालको दिन रहेको छ । आज राम्रो काम गर्न स्वास्थ्यले पनि साथ दिने छैन आफन्तहरु संग झगडा हुनसक्छ । पेट तथा कोखा सम्बन्धी समस्या देखिन सक्नेछ । आज नयाँकामको थालनि नगरेको राम्रो काम विग्रनेछ । मन अस्थिर रहनेछ । अध्ययन तथा वैतनिक क्षेत्र अशुभ रहने छ ।
सिंह (मा,मी,मु,मे,मो,टा,टी,टु,टे)
आकस्मिक धनलाभ हुने योग छ । पराक्रम बढने छ । स्वास्थ्यमा देखिएको समस्याबाट छुट्कारा मिल्नाले मन प्रसन्न रहने छ । शत्रु पराजित हुनेछन । आज रमाइलो यात्रा हुनेछ । प्रेममा सफल हुने योगछ । उपहार प्राप्त हुनेछ । आजको दिन सुखद् तथा प्रेमिलरुपमा व्यतित हुनेछ । विद्यार्थी भाइबहिनीहरुका लागि आजको दिन राम्रो रहेको छ ।
कन्या (टो,पा,पी,पु,ष,ण,ठ,पे,पो) स्वास्थ्यमा समस्या आउनेछ । मनमा असन्तोष बढने छ । स्वास्थ्य सम्बन्धि समस्या देखिनेछ । अनावश्यकरुपमा धनक्षय हुनेछ । आज कटुवचनको प्रयोग नगर्नु होला । अनावश्यकरुपमा विवाद उत्पन्न हुन सक्नेछ । आँखाको समस्याले सताउने छ । खानपानमा ख्याल गर्नुहोला ।
तुला (रा,री,रु,रे,रो,ता,ती,तु,ते)
सभा समारोहमा सहभागि भइएला । सत्कार तथा मान सम्मान प्राप्त हुने छ । मिष्ठान्न भोजन प्राप्त हुने छ । मन हर्षित रहनेछ । स्वास्थ्य राम्रो रहनेछ । पारिवारीक सुख प्राप्त हुने छ । अन्नलाभ हुनेछ । विद्यार्थीहरुको अध्ययनको क्षेत्र राम्रो रहनेछ । व्यवसायवाट
प्रसस्त आम्दानी होला ।
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) काममा बाधा उत्पन्न हुनेछ । फजुल खर्च बढनेछ । प्रियजन संग बिछोड, शारीरिक समस्याले मनमा चिन्ता, आफन्तहरुबाट असहयोग प्राप्त हुने छ । अनावश्यक रुपमा धन खर्च हुनेछ । अध्ययनमा मन जानेछैन । अनावश्यक यात्राहरु हुनेछन् । व्यवसायमा घाटा होला ।
धनु (ये,यो,भा,भी,भू,धा,फा,ढा,भे)
काममा सफलता मिल्नेछ । कीर्ति बढने छ । आफन्तहरु तथा मित्रहरु संग प्रेमील संबन्ध रहने छ । मीठो भोजन तथा धन प्राप्त हुनेछ । कामहरु बन्दै जानेछन । मीठो भोजन तथा धन प्राप्त हुनेछ । व्यवसायबाट फाइदा हुने दिनछ । आफन्तबाट प्रसस्तमात्रमा सहयोग प्राप्त हुनेछ । अध्ययनको क्षेत्र सफल रहनेछ ।
मकर (भो,जा,जी,खी,खु,खे,खो,गा,गी)
कीर्ति बढने छ । रोकिएका कामहरु पुराहुनेछन् । धनागम हुनेछ । मित्रबाट सहयोग प्राप्त हुनेछ मनले चिताएको काममा सफलता मिल्ने योग छ,इष्ट सिद्धि हुनेछ । तिव्रतापूर्वक काम गर्दा वेस हुनेछ । कर्मको फल प्राप्त हुनेछ । विद्यार्थी तथा व्यापारीहरुका लागि आजको दिन विशेष फलदायी रहनेछ ।।
कुम्भ (गू,गे,गो,सा,सी,सु,से,सो,दा)
आयआर्जन हुने दिन रहेको छ । पराक्रम बढने छ । परिवारबाट पुर्ण सहयोग प्राप्त हुनेछ । सरकारी काममा भने झमेला हुनसक्नेछ । यात्राको अवसर प्राप्त हुनेछ । रोजगारी तथा व्यवसायबाट फाइदा हुनेछ । पेटमा वायुविकार जन्य समस्या आउन सक्छ खानपानमा विशेष सतर्कता अपनाउनु होला ।
मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) काममा ढिलासुस्ति हुनेछ । अपमानित हुनुपर्ने दिन रहेको छ । पेटजन्य रोगका कारण स्वास्थ्य खराव हुन सक्ने छ । मनमा चिन्ता बढने छ । वादविवाद हुन सक्नेछ सतर्क रहनु होला । जिवजन्तुको भए रहनेछ । अध्ययन तथा वैतनिक मार्ग फलदायी रहने छैन ।आज नयाँ कामको थालनि नगरेकै राम्रो हुनेछ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij