प्रकाशित मिति : शुक्रबार, असार २७, २०७६
काठमाडौं। राजधानीको मूलपानी घरको पर्खाल भत्किएर पुरिँदा तीन जनाको मृत्यु भएको छ । बारा घर भइ कागेश्वर मनहरा नगरपालिकामा बसोवास गर्ने उनीहरु बन्दै गरेको पक्की घरसँग जोडेर टहरो बनाएर बसेका थिए । उनीहरुले टहरो बनाएकै स्थानमा घरको पर्खाल ढलेर च्यापिएको महानगरी प्रहरी वृत्त बौद्धले जनाएको छ ।
मृत्यु हुनेमा एक महिला एक पुरुष र एक बालक छन् । उनीहरुको परिचय खुलिनसकेको प्रहरीले जनाएको छ । एक जनाको शव निकालेर उपचारका लागि अस्पताल पुर्याइएकोमा डाक्टरले मृत घोषित गरेका थिए । अन्य २ जनाको शव निकाल्न सकिएको छैन । उनीहरु यादव थरका भएको बताइएको छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij