प्रकाशित मिति : शनिबार, असार २८, २०७६
बुटवल । सिद्धार्थ राजमार्ग अन्तर्गत हेडबक्स नजिकै गएको पहिरोले मोटरसाइकल उछिट्याएर तिनाउ खोलामा खस्दा एक जनाको मृत्यु भएको छ ।
तीन दिनदेखि परेको अविरल बर्षाका कारण आएको पहिरोले उछिट्टएर खोलाले बगाउँदा पाल्पाका मित्याल गाउँपालिकाका ३१ वर्षीय धन बहादुर सुनारीको मृत्यु भएको हो ।
मोटरसाइकल केही समय अगाडी उछिट्टएर खोलाले बगाएको हो ।
अत्यन्त अप्ठ्यारो स्थानबाट झरेको पहिरोले बगाउँदा लु५०प ४६७१ नम्बरमा सवार पाल्पा मित्याल गाउँपालिकाका ३१ वर्षीय सुनारीको मृत्यु भएको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायबउपरीक्षक भीमलाल भट्टराईले पुष्टि गरे ।
ढुंगासहित खसेको पहिरोका कारण सिद्धार्थ राजमार्ग अवरुद्ध बनेको छ । बुटवलबाट पाल्पाका लागि छुटेका सवारी साधनहरु तल्लो सिद्धबाबामै रोकिएका छन् भने पाल्पा हुँदै बुटवल आउन लागेका सवारी साधन दोभानमा रोकिएका उनले बताए ।
सुनारीको शवलाई अहिले लुम्बिनी अञ्चल अस्पताल बुटवलमा राखिएको छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij