सोमवार, कार्तिक २४, २०८३ | Monday 9th November 2026

सुखका दिनमा आफ्नो मनलाई नियन्त्रण गर्नुस्, खराब समयमा धैर्य राख्नुस्

  • प्रकाशित मिति : आइतवार, असार २९, २०७६



  • काठमाडौं। महाभारतका कौरव र पाण्डवबीच भएको युद्धको मार्फत हामीले कस्तो काम गर्नबाट बच्नुपर्छ भन्ने सन्देश दिइएको छ। महाभारतको भीष्म पर्वको एक नीतिमा सुख र दुखका दिनमा ध्यान पुर्याउनुपर्ने विषयमा उल्लेख गरिएको छ।

    यस्तो परिस्थितिमा हामी कहिले काँही मनलाई आफ्नो काबुमा राख्न सक्दैनौं। त्यसले गर्दा हाम्रै हानि हुन्छ। यस्तो अवस्थामा विवेकपूर्ण ढंगबाट काम गर्नुपर्छ।
    महाभारतमा लेखिएको छ–
    न प्रह्दष्येत प्रियं प्राप्त नोद्विजेत् प्राप्य चाप्रियम्।
    स्थिरबुद्धिरसम्मूढो ब्रह्मविद् ब्रह्मणि स्थितः।।

    यो श्लोकका अनुसार जब कुनै व्यक्ति सुखमा हुन्छ, तब उसले आफ्नो मनलाई काबुमा राख्न सक्दैन। बरु व्यक्ति सुखको वशमा हुन्छ। सुखका दिनमा हामी अभिष्यमा पूरा गर्न नसक्ने कुरा पनि बोलिरहेका हुन्छौं। जसको नराम्रो परिणाम हामीले झेल्नुपर्ने हुन्छ। हामीले के बुझ्नुपर्छ भने सुख सधैं भइरहँदैन। त्यसकारण सुखका बेलामा पनि आफ्नो मनलाई आफ्नो नियन्त्रणमा राख्नु पर्छ। साथै आफूले अभिव्यक्त गर्ने शब्द पनि सोच विचार गरेर मात्र बोल्नुपर्छ।

    कयौं मानिस नराम्रो समयमा आफ्नो धैर्य गुमाउन पुग्छन्। र,आफ्नो इच्छा पूरा गराउन नराम्रो काम गर्नसमेत पछि पर्दैनन्। दुख यस्तो समय हो जसले मानिसलाई सजिलै गलत बाटोमा लैजान्छ। हामीले के बुझ्नुपर्छ भने सुख वा दुख जस्तो भएपनि यी दुवै सधैं हाम्रोसाथ रहँदैनन्। यदि खराब समयमा सोच विचार गरेर काम लिने हो भने चाँडै राम्रो समय आउँछ। दुख र पीडामा हामीले सोच विचार गरेर निर्णय लिनुपर्छ। यसले जीवनलाई सुखमय बनाउँछ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij