प्रकाशित मिति : सोमवार, असार ३०, २०७६
काठमाडौं। देशभर सक्रिय रहेको मनसुनका कारण भइरहेको अविरल वर्षापछि विभिन्न नदीहरुमा बाढी आउँदा तटीय क्षेत्रका वस्तीहरु जोखिममा परेका छन् । बाढी र पहिरोका कारण ज्यान गुमाउनेहरुको संख्या हालसम्म ६७ पुगेको गृहमन्त्रालये जानकारी दिएको छ ।
यहीबीचमा सोमबार साँझ रुपन्देहीको तिनाउ नदीमा बाढी आएको छ । बाढीका कारण नदीको जलस्तर खतराको विन्दुभन्दा माथि पुगेको बाढी पूर्वानुमान शाखाले जनाएको छ ।
शाखाले तटीय क्षेत्रमा बाढी पस्न सक्ने भन्दै सचेत रहन सूचना जारी गरेको छ । मंगलबार बिहानसम्म बाढीको जोखिम रहने शाखाले सोमबार साँझ जानकारी दिएको हो ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij