प्रकाशित मिति : बिहिबार, साउन २, २०७६
श्रीलङ्का । श्रीलङ्कामा अत्यधिक गर्मीपछि उत्पन्न सुख्खा मौसमका कारण साढे पाँच लाखभन्दा बढी नागरिक प्रभावित भएका छन्।
प्रकोप व्यवस्थापन केन्द्रले बुधबार सार्वजनिक गरेको विवरणअनुसार पाँच लाख ६७ हजार ६६२ जना प्रभावित भएका हुन्।
उनीहरु एक लाख ५९ हजार १२३ परिवारका सदस्य रहेको पनि विवरणमा उल्लेख गरिएको छ। उनीहरुलाई तत्काल स्वच्छ पिउने पानी अत्यावश्यक रहेको केन्द्रका अधिकारीहरुको भनाइ छ।
केन्द्रका सहायक निर्देशक प्रदीप कोडिप्पीलीले सुख्खा प्रभावित क्षेत्रमा स्वच्छ खानेपानीलगायतका सामग्रीहरु पठाउने कार्य भइरहेको जानकारी दिए।
उनका अनुसार त्यस क्षेत्रमा सुख्खाका कारण कतिपय रोगहरु पनि फैलिएको छ भने मानिसको दैनिकी कष्टकर भएको छ।
सुख्खाका कारण वृद्धवृद्धा र बालबालिका बढी प्रभावित भएको र उनीहरुलाई गाह्रो भएको अधिकारीहरुले जानकारी दिएका छन् । रासस
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij