सोमवार, कार्तिक २४, २०८३ | Monday 9th November 2026

कङ्गोमा रोकिएन इबोलाको महामारी, विश्व स्वास्थ्य संगठनद्वारा स्वास्थ्य सङ्कटकाल घोषणा

  • प्रकाशित मिति : बिहिबार, साउन २, २०७६



  • काठमाडौँ । इबोलासँग जुझ्नका लागि अन्य देशबाट प्रजातान्त्रिक गणतन्त्र कङ्गो प्रवेश गर्ने मानिसहरूको स्वास्थ्य परीक्षण तीव्र बनाइएको छ । प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा इबोला महामारी फैलिएपछी विश्व स्वास्थ्य सङ्गठनले त्यसबाट संसारभरि चासो सिर्जना भएको भन्दै विश्व स्वास्थ्य सङ्कटकाल घोषणा गरेको हो ।

    उक्त घोषणासँगै समृद्ध राष्ट्रहरूले इबोलासँगको सङ्घर्षमा थप आर्थिक सहयोग गर्ने अपेक्षा गरिएको छ। प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा इबोलाका कारण हालसम्म १६ सय भन्दा बढीले ज्यान गुमाइसकेका छन्। यसै हप्ता १० लाखभन्दा बढी जनसङ्ख्या रहेको गोमा सहरमा इबोलासम्बन्धी घटनाहरू सार्वजनिक भएपछि थप सतर्कता अपनाइएको बताइएको छ।

    सङ्कटकालको अर्थ के हो ?

    जनस्वास्थ्यमा अन्तर्राष्ट्रिय चासो सहितको सङ्कटकाल निकै संवेदनशील खतराको सङ्केत हो। अहिलेसम्मकै दोस्रो ठूलो प्रकोप मानिएको घटना सन् २०१८ को अगस्ट महिनाबाट सुरु भएको थियो र यसको मारमा उत्तरी किभु र इटुरी प्रान्त परेका छन्।

    इबोला सङ्क्रमितको सङ्ख्या २५ सयभन्दा बढी रहेको बताइएको छ जसमध्ये दुईतिहाइको मृत्यु भइसकेको छ। सुरुमा इबोला सङ्क्रमितको सङ्ख्या एक हजार पुग्न २२४ दिन लागेको थियो। उक्त सङ्ख्या दुई हजार पुग्न भने थप ७१ दिन मात्र लागेको बताइएको छ।

    इबोलाबारे प्रत्येक दिन १२ वटा नयाँ घटना सार्वजनिक हुने गरेका छन्। उक्त रोगको खोप ९९ प्रतिशत प्रभावकारी भए पनि सबैले त्यस्तो खोप नलगाएकाले सङ्क्रमितको सङ्ख्या बढ्दो क्रममा रहेको बताइएको छ। हालसम्म एक लाख ६१ हजारभन्दा बढी मानिस इबोलाबाट सङ्क्रमित भएका छन् । बीबीसी

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij