सोमवार, कार्तिक २४, २०८३ | Monday 9th November 2026

छुट्टाछुट्टै सवारी दुर्घटनामा ३ जनाको मृत्यु

  • प्रकाशित मिति : बिहिबार, साउन २, २०७६



  • काठमाडौं । मोरङ र बाँकेमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ३ जनाको मृत्यु भएको छ । मोरङमा बिहीबार २ जनाको सवारी दुर्घटनामा मृत्यु भएको प्रहरीले जनाएको छ ।

    प्रहरीका अनुसार मोरङको शनिश्चरे नगरपालिका–१० पूर्वपश्चिम राजमार्गमा को.१ ख ४८४२ नम्बरको बसले मे.१ च ५३९१ नम्बरको पिकअपलाई बिहीबार बिहान ठक्करदिँदा बस पल्टिएर भएको दुर्घटनामा बसमा सवार हाल नाम, थर, वतन नखुलेका करिब ३५ वर्षीय पुरुषको घटनास्थलमै तथा गम्भीर घाइते भएका बसका सहचालक कानेपोखरी गाउँपालिका–३ बस्ने ३१ वर्षीय टिकाराम थापाको न्यूरो अस्पताल बिराटनगरमा उपचारको क्रममा मृत्यु भएको छ ।

    दुर्घटनामा घाइते भएका २६ जनामध्ये ८ जनाको पथरी अस्पताल पथरीमा, ७ जनाको नोवेल अस्पताल बिराटनगरमा र ११ जनाको न्यूरो अस्पताल बिराटनगरमा उपचार भइरहेको छ । बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

    यस्तै बाँके, कोहलपुर नगरपालिका–२ मुक्तिनगरमा भे.१ क १२५३ नम्बरको स्कूल बसले बिहीबार बिहान ठक्कर दिँदा गम्भीर घाइते भएकी सोही ठाउँ बस्ने हरि चौधरीकी ३ वर्षीया छोरी रिदम चौधरीको मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको छ । बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij