प्रकाशित मिति : शुक्रबार, साउन ३, २०७६
काठमाडौं। धनगढीमा विप्लव समूहका कार्यकर्ताले बोकेको बम विस्फोट हुँदा एक जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा बझाङ जयपृथ्वीबहादुर नगरपालिका १४ का रामबहादुर सिंह रहेको हवल्दार दीपक भट्टले जानकारी दिए।
उनका अनुसार गम्भीर घाईते सिंहको गएराति ११ बजे नै मृत्यु भएको हो। घाईते अन्य ४ जनाको भने उपचार भइरहेको उनले बताए। कैलालीको धनगढीमा बिहीबार साँझ बम विष्फोट हुँदा पाँच जना घाइते भएका थिए।
साझ ७ बजेपछि धनगढीको शहीद गेट नजिकै रहेको निलम होटलको आँगनमा ‘टिफिनमा राखिएको बस्तु’ विष्फोट थियो।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij