सोमवार, भदौ ९, २०७६ | Monday 26th August 2019

पोर्चुगलका एक नागरिक लागूऔषधसहित दिल्ली हुँदै जापान जाने तयारीमै थिए, ‍‍जब…बिमानस्थलमा ….

  • प्रकाशित मिति : शनिबार, साउन ४, २०७६



  • काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलबाट राहदानी नम्बर सिए ७०१२९२ वाहक पोर्चुगिज नागरिक २५ वर्षीय मेन्डेस पेरिरा टियागोलाई लागूऔषध एम्फेटामाइन जस्तो देखिने पदार्थ करिब ४ केजी ३ सय ८० ग्राम सहित शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।

    एयर इण्डियाको बिमानबाट काठमाडौंबाट दिल्ली हुँदै जापान जान लागेका उनलाई विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान होल्ड ब्यागेज चेकिङ एरियामा जाँच गर्ने क्रममा सुटकेसभित्र लुकाई छिपाई लैजान लागेको उक्त पदार्थ सहित फेला पारी प्रहरीले पक्राउ गरेको हो।

    उनलाई थप अनुसन्धानको लागि लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वर पठाइएको अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय गौचरले जनाएको छ।

    त्यस्तै बाराको महागढीमाई नगरपालिका–१० पसाहाबाट कलैया उपमहानगरपालिका–२ पकडी बस्ने ५५ वर्षीय बीरबहादुर रामलाई अवैध लागूऔषध गाँजा करिब ३५ केजी सहित शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ।

    कलैयाबाट गंजभवानीपुरतर्फ जाँदै गरेको ना १४ प ९०४४ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा चालक रामलाई जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरीले उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो। यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    ला लिगामा बार्सिलोनाको पहिलो जित, ५-२ ले विजयी
    भरतपुरमा पाँच जनाभन्दा बढी जम्मा हुन नपाइने
    जेट एयरको एयरहोस्टेस भन्दै फेसबुकमार्फत ठगी गर्ने महिला पक्राउ
    हङकङमा प्रदर्शनकारीमाथि गोली प्रहार
    भरतपुरको प्रदर्शन रोक्न अनिश्चितकालीन निशेधाज्ञ जारी
    भरतपुरको प्रदर्शन रोक्न अनिश्चितकालीन निशेधाज्ञ जारी
    उडिरहेको विमानमै चोरी गर्ने चिनियाँ नागरिक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ
    ‘श्रीमानले झगडा गर्दैनन्, मायामात्रै गर्छन्, त्यसैले सम्बन्धविच्छेद गरिदिनुपर्यो’
    ९ घटनाः जब बलिउड सुपरस्टारले सताएपछि छिमेकीले पुलिस बोलाए
    रातो बिकिनीमा नेहा धुपियाको जलवा, पतिसँग समुद्रमा मस्ती

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : SobizTrend Technology