सोमवार, भदौ ९, २०७६ | Monday 26th August 2019

यी हुन् चन्द्रमामा पुगेका १२ जना मानिस

  • प्रकाशित मिति : शनिबार, साउन ४, २०७६



  • ‘यो मानिसको एउटा छोटो कदम हो र मानवताको लामो छलाङ्ग ।’

    चन्द्रमामा पाइला राख्ने पहिलो मानव निल आर्मस्ट्रङ्गले आफ्नो चन्द्रयात्राका बारेमा भनेको कुरा हो यो ।

    २० जुलाई १९६९ मा यी अमेरिकी अन्तरीक्षयात्रीले चन्द्रमामा पाइला टेकेर इतिहास रचेका थिए । निल आर्मस्ट्रङ्ग चन्द्रमामा पुगेयता अहिलेसम्म १२ जना मानिस चन्द्रमामा टेक्न सफल भएका छन् ।

    चन्द्रमामा पहिलोपटक पाइला राख्ने मानिस निल आर्मस्ट्रङ्ग भएको कुरा त हामी धेरैलाई थाहा छ । तर निल आर्मस्ट्रङ्ग अन्तरीक्षयात्री बन्नु अघि अमेरिकी नौसेनामा कार्यरत थिए र कोरियाली युद्धमा भाग लिएका थिए भन्ने कुरा थाहा नहुन सक्दछ । अन्तरीक्षयात्री र अमेरिकी सैनिक मात्र होइन उनी एक प्राध्यापक पनि थिए । नासाबाट अवकास भएसँगै उनले एक कलेजमा पठाएका थिए । सन् १९३० मा जन्मेका निल आर्मस्ट्रङ्गको सन् २०१२ मा मृत्यु भएकेा थियो ।

    बज एल्डि्रन चन्द्रमामा पुग्ने दोश्रो व्यक्ति हुन् । उनी पनि निल आर्मस्ट्रङ्गसँगै एपोलो ११ मिसनमा गएका थिए । उनी अहिले अमेरिकाको फ्लोरिडामा बस्दै आएका छन् ।

    चन्द्रमामा पाइला टेक्ने विश्वको तेश्रो व्यक्ति पेटे कोनराड हुन् । उनी एपोलो १२ का हिस्सा थिए । सन् १९६९ मा उनी चन्द्रमामा पुगेका थिए । सन् १९९९ मा मोटरसाइकल दुर्घटनामा उनको मृत्यु भएको थियो ।

    एलन बिन चन्द्रमामा पुग्ने चौथो व्यक्ति हुन् । एपोलो १२ मार्फत नै उनी चन्द्रमामा पुगेका थिए । उनी सन् १९८१ मा नासाबाट सेवा निवृत्त भए । उनको सन् २०१८ मा ८६ वर्षको उमेरमा मृत्यु भयो ।

    चन्द्रमामा पाइला टेक्ने पाचौँ व्यक्ति एलन शेर्फड हुन् । एपोलो १४ मिसनमार्फत उनी १९७१ मा चन्द्रमामा पुगेका थिए । त्यसअघि सन् १९६१ मा उनी अन्तरीक्षमा जाने पहिलो अमेरिकी नागरिक बनेक ाथिए । उनको सन् १९९८ मा मृत्यु भयो ।

    एपोलो १४ मिसनको हिस्सा रहेका एडगर मिशेल चन्द्रमामा पाइला टेक्ने दुनियाको पाचौँ व्यक्ति हुन् । उनी सन् १९७१ मा चन्द्रमामा पुगेका थिए । उनको सन् २०१६ मृत्यु भएको थियो ।

    एपोलो १५ मिसनका कमाण्डर डेभिड स्कट चन्द्रमामा पुग्ने सातौँ व्यक्ति हुन् । उनी अहिलेसम्मका एपोलो मिसनका एकमात्र जिवित कमाण्डर हुन् जसले चन्द्रमामा पाइला टेकेका थिए ।

    चन्द्रमामा पाइला टेक्ने आठौँ व्यक्ति जेम्स इरविन हुन् । उनी पनि एपोलो १५ मिसनका सदस्य थिए । सन् १९९१ मा उनको मृत्यु भयो । चन्द्रमामा पुगेका मध्ये सबैभन्दा छिटो मृत्यु हुने अन्तरीक्षयात्री जेम्स इरविन हुन् ।

    जोन यंग चन्द्रमामा पुग्ने नबौँ व्यक्ति हुन् । सन् १९७२ को अपि्रलमा उनी चन्द्रमामा पुगेका थिए । उनी नासाको एपोलो १६ मिसनका कमाण्डर थिए । सन् २०१८ मा उनको मृत्यु भयो ।

    चन्द्रमामा पुग्ने दशौँ व्यक्ति चाल्र्स ड्युक हुन् । उनीपनि एपोलो १६ को हिस्सा थिए । उनी हाल टेक्सासमा बस्दै आएका थिए ।

    चन्द्रमामा पाइला टेक्ने ११ औँ व्यक्ति हेरिसन स्मिट हुन् । उनी एपोलो १७ मिसन मार्फत चन्द्रमामा पुगेका हुन् । उनी अहिले न्यू मेक्सिकोमा बस्दै आएका छन् ।

    चन्द्रमामा पाइला टेक्ने १२ औँ व्यक्ति युजिन सेरनन हुन् । उनी चन्द्रमामा पुग्ने हालसम्मको अन्तिम व्यक्ति पनि हुन् । उनी एपोलो १७ का सदस्य थिए । सन् २०१७ मा उनको मृत्यु भयो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    ला लिगामा बार्सिलोनाको पहिलो जित, ५-२ ले विजयी
    भरतपुरमा पाँच जनाभन्दा बढी जम्मा हुन नपाइने
    जेट एयरको एयरहोस्टेस भन्दै फेसबुकमार्फत ठगी गर्ने महिला पक्राउ
    हङकङमा प्रदर्शनकारीमाथि गोली प्रहार
    भरतपुरको प्रदर्शन रोक्न अनिश्चितकालीन निशेधाज्ञ जारी
    भरतपुरको प्रदर्शन रोक्न अनिश्चितकालीन निशेधाज्ञ जारी
    उडिरहेको विमानमै चोरी गर्ने चिनियाँ नागरिक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ
    ‘श्रीमानले झगडा गर्दैनन्, मायामात्रै गर्छन्, त्यसैले सम्बन्धविच्छेद गरिदिनुपर्यो’
    ९ घटनाः जब बलिउड सुपरस्टारले सताएपछि छिमेकीले पुलिस बोलाए
    रातो बिकिनीमा नेहा धुपियाको जलवा, पतिसँग समुद्रमा मस्ती

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : SobizTrend Technology