प्रकाशित मिति : आइतवार, साउन ५, २०७६
सर्लाही । सर्लाहीका बेग्लाबेग्लै स्थानमा भएका ट्याक्टर दुर्घटनामा दुई बालकको मृत्यु भएको छ ।
कौडेना गाउँपालिका–२ इनर्वा टोलमा गएराति लु. १ त ८३७० नम्बरको ट्याक्टरले किचेर स्थानीय विजय रायका १३ वर्षीय छोरा नितेशको घटनास्थलमै मृत्यु भएको हो ।
घर नजिक पार्किङ गरेर राखिएको ट्याक्टर बालक आफैंले चलाएर खेतमा लैजाने क्रममा किचेको प्रहरीले जनाएको छ ।
यस्तै सदरमुकाम मलंगवामा ट्याक्टरबाट खसेर एक बालकको मृत्यु भएको छ ।
गणेशीया नहरको पुलमा ज. २ त ८५२ नम्बरको ट्याक्टरबाट खसेर मलंगवा नगरपालिका–३ का सिकिन्द्र रायका ८ वर्षीय छोरा मनिष कुमारको मृत्यु भएको प्रहरीले जनाएको छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij