सोमवार, कार्तिक २४, २०८३ | Monday 9th November 2026

महोत्तरीमा सडक दुर्घटना: एक वर्षमा ४६ जनाको ज्यान गयो

  • प्रकाशित मिति : आइतवार, साउन ५, २०७६



  • बर्दिबास– महोत्तरीमा १ वर्षमा सवारी दुर्घटनाबाट ४६ जनाले ज्यान गुमाएका छन् ।  जसमध्ये २७ पुरुष, १० महिला र ९ बालबालिका रहेका छन् । आव २०७५/०७६ को असार मसान्त सम्ममा साना तथा ठूला दुर्घटनामा परी ७२ जना गम्भिर  घाइते भएका छन् भने  ३१ जना सामान्य घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय महोत्तरीको तथ्याँकमा छ ।

    सबैभन्दा बढि दुर्घटना हुने सवारी साधनमा मोटरसाइकल र स्कुटर रहेका छन्, त्यसपछि कार जिप, भ्यान, माइक्रोबस, ट्याक्टर, ट्रक र सबभन्दा कम दुर्घटना हुनेमा टेम्पो रहेको छ ।   दुर्घटनाको कारण सडकको अवस्था, चालकको लापरबाही, तीव्र गति, मदिरा सेवन गरेर सवारी साधन चलाउनु, सडकमा छाडा चौपाया छाडनु, पैदल यात्रुले जथाभावी सडक पार गर्नु र क्षमताभन्दा बढी यात्रु बोक्दा सवारी दुर्घटना हुने गरेको कार्यालयले जनाएको छ ।

    दुर्घटना गराउने सवारीका चालक १६ वर्षदेखि २५ वर्ष उमेरका ५० जना र २५ वर्षदेखि ४० वर्ष उमेरका ७१ जना रहेका छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij