प्रकाशित मिति : आइतवार, साउन ५, २०७६
रौतहट, मेवालाल यादव ।
जिल्ला प्रहरी कार्यालय रौतहटले मोटरसाइकल चोरी मुद्दामा फरार रहेको प्रतिवादीले पक्राउ गरेका छन्।
बौधिमाई नगरपालिकाको वार्ड न .३ ईनरवारीमा बस्ने अनुरुध गुप्ताको घरबाट बौधिमाई नगरपालिकाको वार्ड नं. ४ बस्ने श्री मेवालाल राउत कुर्मीले मोटरसाइकल चोरी गरि फरार रहेको कुर्मीलाई रौतहट प्रहरीले पक्राउ गरेको प्रहरी निरीक्षक पप्पु नायकले जनाएको छ। मेवालाल राउत कुर्मी३२ वर्षका उमेरमा नम्बर ओन चोरमा मेवालाल राउत कुर्मी को नाम आएको छ ।
बैशाख २१ गते राति बौधीमाई नगरपालिकाको वार्ड नं- ४ मा बस्ने श्री नागेन्द्र साहको घरबाट गुप्ताको ना.६२ प ७०२० नंबरको हिरोहोण्डा मोटरसाइकल चोरी गरि अाफ्नो घरमा लुकाई फरार रहेको कुर्मीलाई ईलाका प्रहरी कार्यालय कोप्वा पिपरीया र रौतहटका क्राईम टोलीले पक्राउ गरेको प्रहरी निरीक्षक नायकले जनाएको छ। कुर्मीलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय रौतहटमा थप अनुसन्धानको लागी नियन्त्रणमा लिएको छ ।
कुर्मी सो ठाउँबाट मोटरसाइकल चोरी गरि अाफ्नो घरमा लुकाई फरार भएको थियो। प्रहरीले प्राप्त जानकारीका अनुसार कुर्मीको घरमा छापा हान्दा चोरी भएको मोटरसाइकल सोही कुर्मीको घरबाट बरामद भएको छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij