प्रकाशित मिति : मङ्लबार, साउन ७, २०७६
काठमाडौं । लोकदोहोरी गायक पशुपति शर्माको नयाँ तीज गीत सार्वजनिक गरिएको छ ।
केही दिनअघि ‘सुहायो चौपट्टै…’बोलको गीत ल्याएका पशुपतिले नयाँ तीज गीत ‘बैमानीले ढाँट्यो…’ आफ्नै युट्युब च्यानलमार्फत सार्वजनिक गरेका हुन् ।
उनकै लय/शब्दमा तयार भएको गीतमा पशुपतिलाई सीता श्रेष्ठले स्वरमा साथ दिएकी छिन् ।
सार्वजनिक गीतको भिडियो रमाईलो बनेको छ । भिडियोमा पशुपति स्वयंमका साथमा मोडल रञ्जिता गुरुङ्ग, गायकहरु राजु ढकाल, श्रीकृष्ण बम मल्ल, बैकुण्ठ महत, नरेश खातीले अभिनय गरेका छन् ।
गिरमान सोहन कुमालको कोरिगोग्राफी रहेको भिडियोलाई दुर्गा पौडेलले छायांकन तथा निर्देशन गरेका हुन् । भिडियोमा नविन घर्ति मगरको सम्पादन छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij