आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

एक वर्षमा युएईमा ९८ जना नेपालीले ज्यान गुमाए

  • प्रकाशित मिति : बुधबार, साउन ८, २०७६



  • युएई । आर्थिक वर्ष २०७५–०७६ मा रोजगारीको लागि युएई आएका ९८ जना नेपालीले ज्यान गुमाएका छन् । नेपाली राजदूतावास आबुधाबीको तथ्याङ्कअनुसार ज्यान गुमाउनेमध्ये ९३ जना पुरुष र ५ जना महिला छन् ।

    मृत्यु हुने धेरै जनाको कारण प्राकृतिक देखिएको छ । प्राकृतिक कारणले ४८ जना पुरुषको ज्यान गएको छ । यस अन्तर्गत हृदयघात, मस्तिष्क पक्षघात तथा अन्य कारण छन् । त्यस्तै २ महिला र २१ जना पुरुषको सवारी दुर्घटनामा परेर मृत्यु भएको तथ्याङ्क दूतावासको रेर्कडमा छ ।

    त्यसैगरी युएईमा गएको आर्थिक वर्षमा २ महिला र २१ पुरुष गरी २३ जनाले आत्महत्या गरेको दूतावासले जनाएको छ । अघिल्लो वर्ष ३१ जनाले आत्महत्या गरेका थिए ।

    त्यस्तै १ जना महिलासहित ३ जना पुरुषको हत्या भएको छ । हत्या प्रकरणमा नेपालीकै संलग्नता देखिएको अनुसन्धानबाट खुलेको छ ।

    गत वर्षबाट यसरी ज्यान गुमाएका, दुर्घटनामा परेका नेपालीको क्षतिपूर्ति तथा सम्बन्धित परिवारलाई ब्लडमनी दिलाउन दूतावास आफैले मुद्दा लड्दै आएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij